FAQs Complain Problems

आमचोकको परिचय

प्रदेश नं. १ भोजपुर जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित आमचोक गाँउपलिका ऐतिहासिक,महत्वपूर्ण र संभावना बोकेको गाँपलिका हो । साविकका गविसहरु वासिङथर्पु, यूँ, थिदिङखा, वालंखा, पावला,देवन्टार, दुम्माना र पाङचा मिलेर वनेको यस गाउँपालिका १० वटा वडामा विभाजित छ । पूर्वमा हतुवागढी गाउँपालिका, उत्तरमा रामप्रसादराई गाउँपालिका, पश्चिममा खोटाग्ङको जन्तेढुग्ङा गाउँपालिका र दक्षिणमा उदयपुरको चौदण्डीगढी र वेलका नगरपालिका पर्दछ । यस गाउँपालिका मा ३५७७ घर परिवार तथा जनसंख्या २०३८० रहेकोछ । यस गाउँपालिकाको सवैभन्दा उच्च भू-भाग वडा न‌. २ यूँ को थामडाडाँ हो जसको उचाई २४४२ मि. रहेको छ तथा सवैभन्दा होचो भू-भाग वडा न‌. ८ दिग्लापुको पार्कुवा हो जसको उचाई २०० मि. यस गाउँपालिकामा मुख्य जनसाङ्खिक वाहुल्यता किरात राईको रहेको छ । साथै क्षेत्री,नेवार, मगर, विश्वर्कमा, शेर्पा, तामाग्ङ, ब्रामण, परियार, नेपाली, भुजेल, हायू जातिको मुख्य वसोवास रहेको छ । यस गाउँपालिकामा केही भोगोलिक कठीनाई रहेतापानि आर्थिक विकासको  सम्भावना प्रसस्तै रहेको छ कृषि उत्तपादनमा विविधता ,प्राकृतिक स्रोतहरुको उपलव्धता, वनजंगल, जलस्रोतको पहुँच तथा वहुआयमिक प्रयोग प्रसस्तै नाङ्गा चौर र खर्कहरु सप्तकोशी देखी त्रिवेणि - सिम्ले - हैखराङ्ग- सानिटार सम्म जलयातायात संचालनको सम्भावना, धार्मिक, सासंकृतिक, एतिहासिक तथा पुरातात्विक महत्वका पर्यटकिय स्थलहरुले पर्यटन विकासको सम्भावना, जरिवुटी तथा नगदेवालिको प्रसस्त सम्भावना, तराई तथा व्यपारिक केन्द्रहरुसंगको सामिप्य दुरी यस गाउँपालिकाको आर्थिक विकासका महत्तव पूण सवल पक्षहरु मध्ये केही हुन् ।